दूतावासको प्रयासमा साउदीबाट स्वदेश फर्किन नपाएका ११८ जनाले एक्जिट भिसा पाए

१७ जेष्ठ ,एजेन्सी । साउदीमा रहेको नेपाली दूतावासको प्रयासमा ११८ जनाले स्वदेश फर्कने अनुमति९वहिर्मन भिसा पाएका छन् ।

साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानमा काम गर्दा साउदीको आवासीय अनुमति पत्र९इकामा नबनाइएका वा नवीकरण नगरिएका र कम्पनीले हुरुब लगाएका कारण समस्यामा परेका ११८ जना नेपालीले स्वदेश फर्कने एक्जिट भिसा पाएको दूतावासले जनाएको छ ।

समस्यामा परेका श्रमिकले दूतावासमा आवेदन दिएपछि स्वदेश फिर्तीको प्रक्रियाका लागि साउदीको विभिन्न निकायमा पहल गरेको थियो । रियादस्थित दूतावासले गएको दुई हप्तामा प्रक्रिया गरेको मध्येमा ११८ जनाले एक्जिट भिसा पाएका छन् ।

दूतावासले एक्जिट भिसा पाएकाहरूको नाम सार्वजनिक गर्दै दूतावासमा आएर आफ्नो भिसाको कपी लैजान अनुरोध गरेको छ ।

दूतावासले अन्यको पनि प्रक्रिया गरेको र एक्जिट भिसा प्राप्त भएकाहरूको विवरण दूतावासको फेसबुक पेजमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

दमाम, जुवेल, खोबर र हलहासामा रहेको अध्यागमन कार्यालयले उपलब्ध गराउने एक्जिट भिसाको सूची पनि दूतावासले सार्वजनिक गर्ने जनाएको छ ।

दूतावासले एक्जिट भिसाको लागि आवेदन दिएकाहरूलाई दूतावासको फेसबुक पेज नियमित हेर्नसमेत अनुरोध गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top