×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाबुराम भट्टराई भन्छन्, ‘गठबन्धनका दलले इमान्दारिता देखाएनन्’

२१ जेष्ठ २०७९

२१ जेठ, गोरखा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले सत्ता गठबन्धनका दलहरुले इमान्दारिता नदेखाउँदा स्थानीय चुनावमा आफूहरुले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका छन् ।

चुनावी समीक्षा कार्यक्रममा सहभागी हुन शनिबार गोरखा सदरमुकाम आएका भट्टराईले पत्रकारसँग कुराकानी गर्दै गठबन्धनका अन्य दलहरुले नैतिक आचरण विपरीत काम गरेको आरोप लगाए ।

Advertisement

‘गठबन्धनको धर्म अनुसार एक पटक निर्णय गरेपछि त्यसलाई जसरी पनि कार्यान्वयन गर्नुपथ्र्यो,’ उनले भने, ‘तर त्यसो भएन, लोकतान्त्रिक मूल्य मान्यता र नैतिक आचरण विपरीत भयो, यसकै फलस्वरुप हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेनौ ।’

विचार नमिल्ने शक्तिहरु बिच गठबन्धन हुँदा पनि समस्या भएको उनले तर्क गरे ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोरखाको स्थानीय तह भागवण्डामा सहमति गरेपनि कांग्रेसकै कारण कार्यान्वयन हुन नसकेको उनले बताए ।

‘गोरखाको ११ स्थानीय तहमध्ये कांग्रेसलाई पाँच, माओवादीलाई चार र जसपालाई दुई भनेर मैले फर्मुला निकालेँ, शेरबहादुर र प्रचण्डले पनि हुन्छ भन्नुभयो तर कांग्रेसका साथीहरुको के वुद्धि बिग्रियो मान्नुभएन’, भट्टराईले भने ।

एकीकृत समाजवादी पार्टीले पनि ढाँटछल गरेको उनले आरोप लगाए ।

चुनावी तालमेल भएको ठाउँमा उनीहरुले जसपालाई सहयोग नगरेको उनले बताए ।

संगठनात्मक कमजोरी र पार्टी भित्रकै अस्वस्थ प्रतिस्पर्धाका कारण पनि गोरखामा चुनाव हारेको उनले स्वीकार गरे ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top