मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्र स्वास्थ्य परीक्षण गराउन निर्देशन

Share this
712shares

२२ जेष्ठ, काठमाडौँ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्र स्वास्थ्य परीक्षण गराउन सबै म्यानपावर कम्पनी तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई निर्देशन दिएको छ ।

Advertisement

छनौट सूचीमा सूचीकृत हुनु अघि नै स्वास्थ्य परीक्षण गर्ने गरेको भन्दै विभागले सबै म्यानपावर तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई नियम अनुसार अन्तर्वार्तापछि श्रमिकको छनौट सूची तयार गरेर मात्र स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएको हो ।

छनौट सूची तयार भएपछि मात्र स्वास्थ्य संस्थाहरूले श्रमिकको स्वास्थ्य परीक्षण गर्नुपर्नेमा मलेसिया जाने श्रमिकको हकमा भने पूर्व स्वीकृति वा माग पत्र प्रमाणीकरण नहुँदै स्वास्थ्य परीक्षण गराउने गरेको भन्दै विभागले यस्तो कार्य नगर्न र नगराउन निर्देशन दिएको हो ।

Advertisement

कुनै पनि म्यानपावर कम्पनी वा स्वास्थ्य संस्थाहरूले श्रमिकको छनौट सूची तयार हुनु अघि नै स्वास्थ्य परीक्षण गर्ने गरेको पाइएमा कडा कारबाही गर्ने भन्दै विभागले चेतावनीसमेत दिएको छ ।

वैदेशिक रोजगार नियमावली अनुसार सूचीकृत स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनु पर्ने व्यवस्था रहेको छ भने म्यानपावर कम्पनीहरूले पनि वैदेशिक रोजगारीमा श्रमिक पठाउन पूर्व स्वीकृति लिई नियम अनुसार विज्ञापन प्रकाशन र अन्तर्वार्ताको प्रक्रिया पछि मात्र श्रमिकको सूची छनौट गर्नु पर्ने हुन्छ ।

Advertisement

तर मलेसिया जाने कामदारको हकमा भने म्यानपावर कम्पनीहरूले यी प्रक्रिया पूरा नै नगरी श्रमिकको स्वास्थ्य परीक्षण गरेको पाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top