×

NEPAL TIMES UPDATES

Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026

विराटनगरका नव निर्वाचित जनप्रतिनिधिहरुलाई बामपन्थी मारवाडी युवा संगठनको सम्मान

२३ जेष्ठ २०७९

२३ जेष्ठ,विराटनगर । स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा (एमाले) निकट नेपाल बामपन्थी मारवाडी युवा संगठन मोरङले सम्मान गरेको छ ।

विराटनगरमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै गएको वैशाख ३० मा सम्पन्न स्थानीयतहको निर्वाचनमा एमालेबाट निर्वाचित महानगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

Advertisement
Advertisement

विराटनगरको उपमेयरमा एमालेबाट निर्वाचित उपमेयर शिल्पा निराला कार्की, ९ वडाका वडाध्यक्ष र ३३ जना वडा सदस्य सहित भर्खरै सम्पन्न कार्यपालिकाको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा नेपाल बामपन्थी मारवाडी युवा संगठन मोरङका अध्यक्ष अरुण राठीसहित संगठनमा आवद्ध पदाधिकारी र सदस्यहरुले जनप्रतिनिधिहरुलाई बधाई दिँदै खादा माला लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा अध्यक्ष राठीले पछिल्लो समय देशको अर्थतन्त्र ओरालो लागेको बताउदै एमालेले मात्र देशको आर्थिक अवस्था उकास्ने र नेपाललाई समृद्ध नेपाल सुखी नेपालीको दिशामा अघि बढाउने दावी गरे ।

कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य गुरु बरालले उद्योग व्यवसायका क्षेत्रमा अब्बल मारवाडी समुदाय राजनीतिमा समेत सकृय सहभागिता जनाउनुपर्नेमा जोड दिए ।

एमाले केन्द्रीय सदस्य विनोद ढकालले आर्थिक राजधानीको पहिचान बनाएको विराटनगर पछिल्लो समय ओझेलमा परेको बताउँदै देशकै आर्थिक मेरुदण्ड मनाउने दिशामा अघि बढ्न मारवाडी समुदाय र एमाले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा आर्थिक विभाग प्रमुख मोतीलाल दुगडले कांग्रेसलगायत अन्य पार्टीले मारवाडी समुदायलाई भोट बैंक र आर्थिक लाभका लागि मात्र प्रयोग गर्दै आएको बताउँदै एमालेले मात्र सो समुदायलाई सम्मान दिएको दावी गरे ।

कार्यक्रममा नेकपा (एमाले) विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले प्राविधिकरुपमा मेयरमा पराजित भएपनि उपमेयरसहित कार्यपालिकामा एकल बहुमत रहेकाले अब महानगर एमालेकै नेतृत्वमा रहेको बताए ।

उनले महानगर एमालेकै नेतृत्वमा रहेकाले आगामी पाँच वर्षमा सवैको अपनत्व हुनेगरी विराटनगरको चौतर्फी विकासमा लागि लागिपर्ने बताए ।

सम्मान कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य तथा बामपन्थी मारवाडी युवा संगठनका संस्थापक अध्यक्ष मनोज अग्रवालले मारवाडी समुदायमा राजनीतिबाट टाढा रहने संस्कार रहेकाले राजनीतिमा सकृय सहभागिता जनाई त्यसलाई चिर्नुपर्ने बताए ।

यस्तै मारवाडी समुदायका अगुवा राजेश बगडीयाले विराटनगरमा मारवाडी समुदायका उद्योगी, व्यवसायीलाई आईपर्ने सवै समस्यामा एमालेले साथ दिने विश्वास व्यक्त गरेका थिए ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top