हप्तामा २ दिन बिदाको असर पेट्रोल पम्पमै देखियो

२२ जेठ ७९, सोमबार

२२ जेष्ठ ,काठमाण्डौ । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयको असर पेट्रोल पम्पहरूमा समेत देखिएको छ ।

हप्तामा शनिवार र आइतवार पेट्रोल पम्प बन्द हुँदा सोमवार पेट्रोल पम्पहरूमा भिड र लामो लाइन देखिएको छ ।

काठमाण्डौ उपत्यकाका साझा, नेपाली सेना, नेपाल प्रहरीसहित केही पुराना पेट्रोल पम्प अगाडि इन्धन भर्नेको लामो लाइन लागेको छ ।

Advertisement

दुई दिन पेट्रोल हाल्न नपाउँदा सोमवार मानिसको चाप बढेको नेपाल आयल निगम लिमिटेडका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनका अनुसार बजारका पम्पहरूमा धेरै भण्डारण गर्ने क्षमता नभएकोले र दुई दिन बिदापछि सोमवार बिहानै डिपोबाट बजारमा पेट्रोल पुर्‍याउन पनि समय लाग्ने हुन्छ ।

Advertisement

दुई दिन पेट्रोल, डिजल हाल्न नपाएकाहरू एकै दिन धेरैको सङ्ख्यामा पम्पहरूमा पुग्ने भएकाले भिड देखिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोल, डिजलको अभाव भएको भन्दै नेपालमा पनि अभाव हुन सक्ने हल्ला चलेको छ ।

नेपालमा अहिलेसम्म डिजल, पेट्रोल आयातामा कुनै समस्या नभएकाले नआत्तिन उपभोक्तालाई प्रवक्ता उपाध्यायले आग्रह गरे ।

काठमाण्डौ उपत्यकाबाट दैनिक साढे ६ देखि सात लाख लिटर पेट्रोल र १० देखि ११ लाख लिटर डिजल बिक्री हुने गरेको उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top