×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

चिनीको अभाव नभएको भन्दै किनेर नथुपार्न उपभोक्तालाई आग्रह

२४ जेष्ठ २०७९

२४ जेष्ठ, काठमाडौँ । बजारमा चिनीको अभाव नभएको सरकारले जनाएको छ ।

नेपालमा चिनीको मौज्दात पर्याप्त भएकाले बजारमा हल्ला चलेजस्तो अभाव नभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

Advertisement
Advertisement

उनका अनुसार भारतले चिनी निर्यातमा रोक लगाएको अवस्थामा आवश्यक परेमा अरु देशबाट चिनी आयात गर्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

तत्कालको लागि अभाव नहुने भन्दै उनले एकै पटक धेरै किनेर नथुपार्न उपभोक्तालाई आग्रह समेत गरेकी छन् ।

भारतले निर्यातमा रोक लगायो भनेर केही साना व्यापारीले कृत्रिम अभाव सिर्जना गरेकाले उपभोक्ताले गुनासो गरेको हुनसक्ने भन्दै मन्त्रालय अन्तर्गतको विभागले त्यसको अनुगमन थालिसकेको बताइन् । कसैले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने गरेको पाइएमा कडा कारबाही हुने उनको भनाइ छ ।

तत्कालको लागि चिनीको अभाव नभएको र अभाव हुने अवस्था आएमा भारतबाहेकका अरु देशसँग पनि सहकार्य गर्ने उनले बताइन् ।

भारतले अगस्ट महिनासम्म निर्यातमा रोक लगाए पनि उसले बाहिरी देशबाट कच्चा पदार्थ किनेर ल्याएर बिक्री गर्न सक्ने सम्भावना रहने भएकाले आत्तिनु पर्ने अवस्था नभएको उनको भनाइ छ ।

यस्तै भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपालकै कतिपय उद्योगीले किलोमा १० देखि १५ रुपैयाँ धेरै लिने गरेको गुनासो पनि आएको भन्दै त्यस्ता व्यापारीलाई कानुन अनुसार कारबाही हुने उनले बताइन् ।

बजारमा चिनीको अभाव हुन थालेको उपभोक्ताले गुनासो गरेका छन् । नेपालको आन्तरिक उत्पादनले नपुग्ने भएकाले नेपाल भारतलगायतका विभिन्न देशमा चिनीमा परनिर्भर छ ।

Advertisement

भारतले गएको बुधवारदेखि कार्यान्वयनमा आउने गरी चार महिनाका लागि चिनी निर्यातमा रोक लगाएको छ । सरकारले भारत बाहेकका अरु देशसँग चिनी ल्याउनका लागि अहिलेसम्म खासै पहल गर्न थालेको छैन ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top