१० महिनामा १२ सय अङ्कले घट्यो शेयर बजार,आज पनि राताम्मे

२३ जेठ ७९, मंगलबार

२४ जेष्ठ ,काठमाण्डौ । शेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा रोकिएको छैन ।

नेप्से आज मङ्गलवार ४५ दशमलव ५९ अङ्कले घटेर दुई हजार २० दशमलव २३ विन्दुुमा झरेको छ ।

कारोबार भएका सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

दुई सय ३४ वटा कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर एक अर्ब ३१ करोड २८ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै हिमालयन बैंकको शेयर १० प्रतिशत तथा सपोर्ट लघुवित्त, समता लघुवित्त र जनउत्थान लघुवित्त कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदा पनि उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

गएको वर्षको भदौमा ३१ सय ८० विन्दुसम्म पुगेको नेप्से १० महिनामा झन्डै १२ सय अङ्कले घटिसकेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top