पाकिस्तानका चर्चित टीभी स्टार तथा सांसद लियाकतको निधन

Share this
700shares

२६ जेष्ठ, एजेन्सी ।

Advertisement

पाकिस्तानका चर्चित टीभी प्रस्तोता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा आमिर लियाकत हुसैनको निधन भएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या भएपछि हुसैनलाई अस्पताल लगिएको थियो तर अस्पताल पुर्याएपछि डाक्टरहरूले उनको मृत्यु भइसकेको बताएका थिए ।

Advertisement

हुसैनको निधनको यकिन कारणबारे थाहा नभएको प्रहरीले जनाएको छ । उनको निधनका कारण नेशनल असेम्बलीको सत्र शुक्रवार बेलुकी ५ बजेसम्म स्थगित गरिएको छ ।

भर्खरै मात्रै आमरि लियाकत आफ्नो तेस्रो विवाहलाई लिएर विवादमा मुछिएका थिए, जसका कारण उनले देश छाड्ने घोषणा गरेका थिए ।

Advertisement

धार्मिक टीभी कार्यक्रम आलम अनलाइन बाट चर्चित डा, आमिर लियाकत हुसैनले सन् २०१८ मा पीटीआईको टिकटबाट चुनाव जितेर सांसद बनेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top