Nepal Times
Nepal Times
3
Shares

सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घट्यो

सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घट्यो

२६ जेठ, काठमाडौं । बिहीबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

जेठमा निरन्तर घटेको बजार बुधकार केही सम्हालिएको थियो । तर, बिहीबार भने यो टिक्न सकेन ।

पहिलो घण्टा केही बढेर कारोबार भएको थियो । त्यसपछि निरन्तर घटेको बजार अन्त्यमा १७।५८ अंकले ओरालो लागेर २०६२।८६ विन्दुमा आयो ।

बुधबार ६० अंकले सेयर बजार वृद्धि भएको थियो । बिहीबार सबै उपसमूह राताम्य रहँदा सबैभन्दा धेरै वित्त र विकास बैंकका लगानीकर्ताले गुमाए ।

बिहीबार २२९ कम्पनीको ३० हजार ७६२ कारोबारबाट ४१ लाख ५ट हजार १०४ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन कारोबार रकम १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ रह्यो । बिहीबार उपकार लघुवित्तको कारोबारमा सकारात्मक सर्किट लाग्यो ।

बलेफी हाइड्रोपावरको मूल्य ९।९९ प्रतिशतले बढेर २४६ रुपैयाँ पुग्यो ।

बिहीबार बढी घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रमोटर सेयरको मूल्य ६।६१ प्रतिशतले घटेर २३६ रुपैयाँ, सिंगटी हाइड्रोपावरको कम्पनीको मूल्य ५।३४ प्रतिशतले घट्यो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.