पहिरोले ठप्प नारायणगढ–मुग्लिन सडक सञ्चालन

२७ जेष्ठ ,चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोले बन्द भएको सडक फेरि सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा आज शुक्रवार बिहान पौने ९ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

बुधवार रातिदेखि पहिरोका कारण यो सडक पटक–पटक बन्द हुँदै आएको छ ।

गाडीको लामो लाइन भएका कारण सडक खण्ड पार गर्न घण्टौँ समय लाग्ने गरेको छ ।

सडक खुले पनि पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

Scroll to Top