मन्त्री फेर्ने पार्टीको निर्णय सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने झलनाथ खनालको भनाई

२७ जेठ, काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका छन् ।

Advertisement

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले राखेका जिज्ञसाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दवाव दिए।

आफ्नो पार्टीले मन्त्रीहरुलाई हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तुरुन्त कार्यान्वयन गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

Advertisement

उनले भने, ‘मैले धेरै पटक यसको जवाफ दिइसके । यसमा हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति छ । यो तुरुन्त लागू हुनुपर्छ । नेकपा एकीकृत समाजवादीले गर्नुपर्ने निर्णय गरिसकेको छ । यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ । अरु कुनै विकल्प छैन ।’

सम्मानित नेता खनालले कमसेकम मुलुकको अग्रगमन हुने गरी आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

Advertisement

उनले बजेट बाँडफाँडका विषयमा कतिपय कुराहरु नमिलेको उल्लेख गर्दै त्यसलाई मिलाउन पनि सरकारसँग माग गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top