मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्दै, आज पनि धेरै ठाँउमा वर्षा

२९ जेष्ठ, काठमाडौँ । मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न थालेको मौसमविद्हरुले बताएका छन् । गएको आइतवार नेपालमा प्रदेश–१ हुँदै मनसुन भित्रिएको थियो ।

Advertisement

मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए । मनसुन भित्रिए पछि प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा लगातारजसो पानी परिरहेको छ ।

लगातारको वर्षाका कारण यी प्रदेशका ठाउँठाउँमा बाढी पहिरो जान थालेको छ । पहिरोले मुख्य राजमार्ग ठप्प हुँदा यात्रुले सास्ती पाइरहेका छन् ।

Advertisement

अहिले पनि यी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार बिहान लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा पनि पानी परेको छ ।

अहिले पानी नपरेका ठाउँमा दिउँसो पानी पर्ने अनुमान गरिएको छ । आज प्रदेश–१, मधेस प्रदेशका धेरै ठाउँ तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसमविद्को सुझाव छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top