युक्रेनको पूर्वी शहर सेभेरोडोनेट्स्कमा भीषण रुसी आक्रमण

२९ जेष्ठ, एजेन्सी । रुसले युक्रेनको पूर्वी शहर सेभेरोडोनेट्स्क शहरमा भीषण आक्रमण जारी राखेको छ ।

Advertisement

डोनवास क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिने प्रयासमा रहेको रुसी फौजले उक्त शहरमा चौतर्फी आक्रमण गरेपछि ज्यान जोगाउन भागेका सर्वसाधारण अजोत रासायनिक कारखानामा प्रवेश गरेका छन् ।

रुसी सेनाले भने उक्त कारखानामा पनि बम आक्रमण गरेको र कारखानामा आगो लागेको बताइएको छ ।

Advertisement

उक्त कारखानाभित्र कम्तिमा ८ सय जना सर्वसाधारण फसेको र रुसी फौजले उनीहरूलाई बाहिर निस्कन नदिएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

सेभेरोडोनेट्स्क शहरको अधिकांश भू–भाग नियन्त्रणमा लिएको रुसी फौजले नजिकै रहेको अर्को शहर स्लोभियान्स्कमा पनि आक्रमण थालेको छ ।

Advertisement

उता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आत्मसमर्पण नगर्ने अडान दोहोर्याउनु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top