“विदेशिएका क्षमतावान् युवाहरुलाई देशमै अवसर दिनुपर्छ”, मन्त्री गहतराज

२८ जेठ ७९, आइतबार

२८ जेष्ठ ,काठमाण्डौ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले युवा उद्यमको नाममा लगानी भएको रकम सदुपयोग नभएको दाबी गरे ।

युथ भिजन, १० वर्षे योजना तथा राष्ट्रिय युवा नीतिको विषयमा शिक्षा पत्रकार सञ्जाल ईजोन र राष्ट्रिय युवा परिषद्ले काठमाण्डौमा आज आइतवार गरेको परामर्श गोष्ठीमा बोल्दै मन्त्री गहतराजले विभिन्न कोष, प्रतिष्ठान, विकास समिति लगायतका नामबाट युवा उद्यमका नाममा अर्बौँ रुपैयाँ लगानी भएको र यसको सदुपयोग हुन नसकेको बताए ।

उनले सरकारले देशको युवा शक्तिको क्षमता चिनेर काम गर्नुपर्नेमा ढिलाइ भइरहेको पनि बताए ।

देशमा १४ वटा कोष रहेछन्, सबैको काम उस्तै–उस्तै हो, राज्यको अर्बौँ रुपैयाँ खर्च भएको छ तर उपलब्धि छैन’, मन्त्री गहतराजले भने ।

देशमा युवाको क्षमताअनुसारको काम र उद्यमको वातावरण बन्न नसक्दा हरेक दिन क्षमतावान् र देशलाई चाहिने युवा विदेश गइरहेकोमा दुःख व्यक्त गर्दै मन्त्री गहतराजले नारामा मात्रै नभएर व्यवहारमै सरकारले काम गर्नुपर्ने बताए ।

‘क्षमतावान् र लाभपूर्ण उमेर समूहका व्यक्ति विदेश गएर अर्कैको देश समृद्ध बनाइदिन बाध्य छन्, उनीहरूलाई हामीले देशमै अवसर दिएर नेपाललाई समृद्ध बनाउने अभियानमा लाग्नुपर्छ’, उनले भने ।

कार्यक्रममा युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, बाग्मती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, शिक्षा पत्रकार सञ्जालका अध्यक्ष प्रकृति अधिकारी लगायतले युवा नीति र युथ भिजनलाई समय सापेक्ष परिमार्जन गर्दै लैजानुपर्ने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top