चितवन राष्ट्रिय निकुञ्ज असार १ गतेदेखि बन्द

३० जेष्ठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि पर्सि असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाक लगायत गतिविधि बन्द गर्न लागिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको उनले बताए । निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ । यो सँगै राप्ती नदीमा गरिने डुङ्गा सफारी बन्द गरिएको उनले जानकारी दिए ।

Advertisement

वर्षातको समयमा डुङ्गा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई बन्द गरिएको हो । निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आर्थिक वर्षको वैशाखसम्म ८ करोड १७ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यो समयमा १ लाख ५९ हजार ८ सय ८१ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । उनीहरूमध्ये १ लाख ३६ हजार ५ सय २२ नेपाली, १० हजार ९ सय ३४ सार्क देशका र १२ हजार ४ सय २५ अन्य देशका रहेका निकुञ्जले जनाएको छ ।

Advertisement

यो अवधिमा निकुञ्जभित्र २ करोड ४१ लाख ४० हजार पटक जङ्गलमा जीप सफारी गरिएको छ । निकुञ्जको मुख्य आम्दानी पर्यटकबाट हुने जङ्गल सफारी रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top