प्रतिनिधिसभाको बैठक रोक्न एमालेको माग

३० जेठ ७९, सोमबार
Share this
723shares

३० जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको सोमबारको बैठक रोक्न माग गरेको छ ।

Advertisement

किसानले मल नपाएको विषयमा छलफल गर्न बजेटमाथिको छलफल स्थगन माग गर्दै संसदमा प्रस्ताव लगेको एमालेले उक्त प्रस्तावमाथि छलफल भएपछि स्थगित भएको बैठक पुन सञ्चालन गर्न खोज्दा रोक्न माग गरेको हो ।

एमालेको प्रस्तावमाथि सोमबार नै प्रतिनिधिसभामा २ घण्टा छलफल भएको छ ।

Advertisement

छलफलपछि आधा घण्टाका लागि स्थगित बैठक भने सुरु हुन सकेको छैन ।

संघीय संसद सचिवालयका एक अधिकारीका अनुसार एमालेको प्रतिनिधिसभा बैठक स्थगनको प्रस्तावमाथि अहिले नयाँ वानेश्वर स्थित संसद भवनमै छलफल चलिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top