विराटनगर,भदौ ३
मोरङको कटहरी गाउँपालिकामा स्थानीय तहमा युवा नीति लागू गर्न माग गर्दै युवाहरुले दबाबमूलक ¥याली प्रदर्शन गरेका छन् । उनीहरुले अन्र्तराष्ट्रिय यूवा दिवसको अवसरमा सो ¥याली प्रदर्शन गरेका हुन् ।
युवाहरुले स्थानीय तहमा यूवा नीति लागू गर्न माग गर्दै ¥यालीको आयोजना गरिएको बताएका छन् । कटहरीे गाउँपालिका –५ को कार्यालयबाट शुरु भएको ¥याली सोही गाउपालिकाको प्रजातन्त्र मावि विद्यालयमा पुगेर समापन भएको थियो । डायनामिक स्काइ क्लब, दीपज्योति स्काइ क्लब, सञ्जीवनी स्काइ क्लब, यूवा जागृति स्काई क्लब, प्रगति स्काई क्लव, लगायतका क्लबको संयुक्त आयोजनामा ¥याली निकालिएको स्काई क्लवका कोच सन्तोष पासवानले बताए ।
वल्र्ड भिजन इन्टरनेशनल र बहुद्देश्यीय विकास व्यवस्थापन सेवा नेपालको सहयोग र कटहरी गाउँपालिका मोरङको समन्वयमा सम्पन्न सो ¥यालीमा स्काइ क्लबका ३ सय सदस्यहरुको सहभागिता रहेको थियो ।