कुमारी आमा निहारिकाको अनसनबारे मन्त्रालय छलफलमा जुट्यो

३० जेठ ७९, मंगलबार

३१ जेष्ठ,काठमाण्डौ । ’कुमारी आमा’ अर्थात निहारिका राजपुत आफ्ना विभिन्न मागहरु राखेर आमरण अनसनमा बसेको आज मंगलबार पाँच दिन पुगेको छ ।

उनका मागहरुका विषयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले चासो लिएका छन् ।

समस्या समाधानका लागि आफूले मन्त्रालयका सचिव र राष्ट्रिय महिला आयोगसँग आन्तरिक छलफल गरिरहेको रेग्मीले बताएकी छिन ।

सरोकारवालाहरूले मन्त्रालयमा ध्यानाकर्षण नगराउँदा यो विषयमा ढिला जानकारी प्राप्त भएको उनको भनाइ थियो ।

‘उहाँका मान्छेहरु मन्त्रालयमा आजसम्म कोही पनि ध्यानाकषर्ण गराउन आउनु भएको छैन’, उनले भनिन्, ‘तर पनि सडकमा एक किशोरी नाबालक बच्चासहित अलपत्र पर्दा मन्त्रालय मूकदर्शक बनेर बस्दैन । मन्त्रालयले उनको दायित्व लिन्छ ।’

उनले सकेसम्म आज नै छलफलबाट कुनै निष्कर्ष निकाल्ने निकाल्न प्रयास गरिने बताइन् ।

‘क्याबिनेट छाडेर म आजै यो घटनामा निष्कर्ष निकाल्ने तयारीमा छु’ उनले भनिन्, ‘निहारिका मागहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर छलफलमार्फत निकास निकाल्ने प्रयास जारी रहेको छ ।’

उनले समस्याको समाधान गर्न सकिने भएकाले मन्त्रालयलाई समयमै ध्यानाकर्षण गराउन पनि सरोकारवालालाई अनुरोध गरेकी छन् ।

बच्चाको बावुको डिएनए टेस्ट गर्नुपर्ने तथा धनुषा जिल्ला अदालतले पीडकलाई साथ दिएको भन्दै विभिन्न मागसहित निहारिका बसन्तपुर डबलीमा आमरण अनसनमा छिन् ।

२१ महिनाको शिशुसहित उनी अनसनमा बसेकी हुन् भने चौथो दिनमा बेहोस् भएपछि उनलाइ अस्पताल भर्ना गरिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top