Nepal Times
Nepal Times
3
Shares

एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फिर्ता

एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फिर्ता

२ असार, काठमाडौँ । एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।

कुवेतमा भएको छनोटमा नेपाल अङ्कविहीन बनेको थियो । समूह ’ए’ मा रहेको नेपाल समूहको पुछारमा छ ।

छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।

मङ्गलवार राति भएको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

३१ सदस्यीय नेपाली टोली स्वदेश फर्के पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कुवेतमै बसेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.