३ असार, पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहित सबै पदमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले दिएको जानकारी अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा टंकनाथ खनाल तथा उपप्रमुखमा काशिका ज्ञवाली गैरे निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा वसन्ता ज्ञवाली, केशमाया सुनार,९ दलित महिला दसस्य० विष्णुकुमारी कँडेल घिमिरे, केशबराज खराल, भविसरा सारु ९महिला सदस्य, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भए ।
निर्वाचित सबै पदाधिकारीले ११ मत ल्याएका छन् ।
गठबन्धन दलको तर्फबाट उम्मेद्वारी दिएका उम्मेदवारहरुले ९ मत ल्याएका थिए ।