नायब सुब्बाले चार वर्षमै ६ करोड कमाए पछी भ्रष्टाचार मुद्दा दर्ता

२ असार ७९, शुक्रबार

३ असार, काठमाण्डौ । राजपत्र अंकित प्रथम श्रेणी नायब सुब्बा सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख पैसा कमाएको देखिएको छ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भिमकान्त भण्डारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

२०७३ असोज २१ गते सार्वजनिक सेवामा प्रवेश गरेका उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए। आयोगका अनुसार भण्डारीले प्रथम श्रेणीअन्तर्गत वरिष्ठ व्यस्थापन सहायक पद सम्हालेको थिए।

Advertisement

भण्डारीले झन्डै चार वर्ष सहायकको रूपमा काम गर्दा स्रोत नखुलेको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको देखिएपछि सो बराबर रकम भ्रष्टाचार गरेको ठहर गरी गैरकानुनी सम्पति जफत गर्न मागदाबीसहित मुद्दा दर्ता गरेको आयोगले जनाएको छ।

आयोगले भण्डारीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाही गर्न माग गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top