Nepal Times
Nepal Times
3
Shares

एन्फा निर्वाचनमा सदस्यका लागि उम्मेदवारी दिएका गुरुङद्वारा उम्मेदवारी फिर्ता

एन्फा निर्वाचनमा सदस्यका लागि उम्मेदवारी दिएका गुरुङद्वारा उम्मेदवारी फिर्ता

४ असार, काठमाडौं । यही असार ६ गते हुने अखिल नेपाल फुटबल संघ एन्फा को निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिएका कृष्णमुरारी गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

हाम्रो फुटबल नेपाल नामक फुटबल समर्थकको संस्था खोलेर नेपाली फुटबलसँग जोडिएका गुरुङले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए ।

तर गुरुङले शनिबार पत्रकार सम्मेलन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।

उनले तोकिएको समय भन्दा ढिला भएपछि एन्फामा उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका थिए ।

प्राविधिक रुपमा उम्मेदवारीको नाम रहेपनि उनले आफ्नो नाम फिर्ता भएको जानकारी गराएका हुन् ।

‘हामीले सोचेकोभन्दा फरक फुटबल भित्रको गतिविधि रहेछ । त्यहाँ हुने कार्यक्रमहरु आफ्नो पहुँचभन्दा बाहिरको विषय ठाने । लडाइमा जाने तर हतिहार पनि आफूसँग नभएपछि यसको अर्थ नभएर उम्मेदवारी फिर्ता लिने निर्णय गरे’ गुरुङले भने, ‘उम्मेदवारी फिर्ता लिने समय सकिएकाले मेरो नाम भने एन्फामा रहिरहनेछ । तर, मैले नाम फिर्ता लिएपछि मेरो प्रतिस्पर्धा हुनेछैन । मैले जित्ने सम्भावना पनि छैन र जिते पनि जान्न ।’

गुरुङले सिन्धुली जिल्ला फुटबल संघको विवाद मिलाउन प्रयास गरेपनि एक समूहले एकपक्षीय रुपमा कमिटी बनाएको र एन्फाले त्यसलाई मान्यता नदिएको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.