मिचेल जोनसनले लिए क्रिकेटबाट सन्यास

PERTH, AUSTRALIA - DECEMBER 13: Mitchell Johnson of the Scorchers prepares to bowl during the Twenty20 match between the Perth Scorchers and England Lions at Optus Stadium on December 13, 2017 in Perth, Australia. The game is the soft opening of Perth's new stadium. (Photo by Paul Kane/Getty Images)

एजेन्सी, भदौ ३
अष्ट्रेलियाका तिव्रगतिका बलर मिचेल जोनसनले क्रिकेटबाट सन्यास लिएका छन् । एकदिवसीय तथा टेस्टटिमबाट सन् २०१५मै सन्यासको घोषणा गरेका जोनसनले टी –२० बाट पनि सन्यासको घोषणा गरेका हुन् ।

टेस्ट र एकदिवसीयबाट सन्यास लिएपछि उनी अष्ट्रेलियाको बिगबास र इन्डियन प्रिमियर लिग आईपीएल मात्रै खेलेका थिए । सन् २०१५ देखि टी ट्वान्टीको फरम्याटमा राम्रो प्रदर्शन गरिरहेका ३६ बर्षिय जोनसनले चोटका कारण खेल्न नसक्ने भएकाले क्रिकेटबाट सन्यास लिएको बताए ।

सन् २००५ मा न्यूजिल्याण्डविरुद्ध डेब्यु गरेका जोनसनले अष्टे«लियाका लागि ७३ टेस्ट तथा १५३ एकदिवसीय क्रिकेट खेलेका छन् । टेस्टमा ३१३ विकेट लिएका उनले एकदिवसीयमा २३९ बिकेट लिएका छन् ।

एक दिवसीय र टेस्ट दुबैको अन्तिम खेल न्यूजिल्याण्डविरुद्धनै खेलेका थिए । खेलाडीको रुपमा क्रिकेटबाट बिदा भए पनि जोनसनले प्रशिक्षकको भूमिकामा देखा पर्ने संकेत भने गरेका छन् ।