एजेन्सी, भदौ ३
अष्ट्रेलियाका तिव्रगतिका बलर मिचेल जोनसनले क्रिकेटबाट सन्यास लिएका छन् । एकदिवसीय तथा टेस्टटिमबाट सन् २०१५मै सन्यासको घोषणा गरेका जोनसनले टी –२० बाट पनि सन्यासको घोषणा गरेका हुन् ।
टेस्ट र एकदिवसीयबाट सन्यास लिएपछि उनी अष्ट्रेलियाको बिगबास र इन्डियन प्रिमियर लिग आईपीएल मात्रै खेलेका थिए । सन् २०१५ देखि टी ट्वान्टीको फरम्याटमा राम्रो प्रदर्शन गरिरहेका ३६ बर्षिय जोनसनले चोटका कारण खेल्न नसक्ने भएकाले क्रिकेटबाट सन्यास लिएको बताए ।
सन् २००५ मा न्यूजिल्याण्डविरुद्ध डेब्यु गरेका जोनसनले अष्टे«लियाका लागि ७३ टेस्ट तथा १५३ एकदिवसीय क्रिकेट खेलेका छन् । टेस्टमा ३१३ विकेट लिएका उनले एकदिवसीयमा २३९ बिकेट लिएका छन् ।
एक दिवसीय र टेस्ट दुबैको अन्तिम खेल न्यूजिल्याण्डविरुद्धनै खेलेका थिए । खेलाडीको रुपमा क्रिकेटबाट बिदा भए पनि जोनसनले प्रशिक्षकको भूमिकामा देखा पर्ने संकेत भने गरेका छन् ।