पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन

६ असार, विराटनगर । पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएपछि देशका विभिन्न स्थानमा यसको विरोध सुरु भएको छ । विराटनगर, रुपन्देही लगायतका ठाउँमा विरोध प्रदर्शन भएको छ ।

मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै बुटवलमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । उनीहरुले केहीबेर गाडीको अवागमन समेत रोकेका प्रहरीले जनाएको छ ।

यस्तै, यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विराटनगरमा चक्काजाम गरेका छन् ।

Advertisement

सरकारले गएरातिदेखि लागू हुने गरी मूल्य बढाएपछि यसको चौतर्फी विरोध भएको छ । भाउ घटाएर नागरिकलाई राहत दिन दबाब बढेको छ ।

सामाजिक सञ्जालमा मूल्यवृद्धिको विरोध गर्दै इन्धनमा भारी वृद्धि हुँदा गाडीभाडादेखि बजार मूल्यसम्म आकाशिने भएकाले यसतर्फ ध्यान दिन सबैले सरकारलाई आग्रह गरेका छन् ।

Advertisement

आयल निगमले डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले भाउ बढाएको हो ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ ।

हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top