आलेको राजीनामा माग गर्दै विराटनगरमा स्थानीयको विरोध प्रदर्शन

६ असार ७९, मंगलबार

७ असार ,विराटनगर । विराटनगर विमानस्थल विस्तार क्षेत्रका स्थानीयले पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरेका छन् ।

विमानस्थल विस्तारका लागि जग्गा प्राप्ति गर्न जग्गा रोक्का राखेर मुआब्जाको लागि बजेट बिनियोजन नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

विराटनगरको एयरपोर्ट रोडमा अहिले स्थानीयले धर्ना दिईरहेका छन् । उनीहरुले रोक्का गरिएको जग्गाको कि मुआब्जा दिनुपर्ने नत्र रोक्का गरेको जग्गा फुकुवा गर्नुपर्ने माग राखेका छन् ।

Advertisement

मन्त्री आलेले नियतबश विराटनगर विमानस्थलमा बन्न लागेको टर्मिनल भवनको ठेक्का लाग्ने प्रक्रियामा रहेको टर्मिनल भवनको काम समेत रद्द गरेका थिए ।

विमानस्थल विस्तार प्रक्रियाका लागि सरकारले सर्वसाधारणको जग्गा रोक्का राखेर अधिग्रहण गर्ने तयारीमा रहेका बेला विमानस्थल अन्तै सार्नुपर्ने असान्दर्भिक विषयमा मन्त्री आले रुमलिएको संघर्ष समितिका अध्यक्ष बेदराज पौडेलको भनाई छ ।

जग्गा प्राप्ति ऐन अन्तर्गत सरकारले रोक्का राखेको जग्गाको मुआब्जा दिनुपर्ने नत्र तत्काल फुकुवा गर्नुपर्ने माग स्थानीयको छ ।

विराटनगर विमानस्थल विस्तारको काम अगाडी बढाउनु पर्ने उनीहरुको माग छ । विराटनगरको विमानस्थल विस्तारको माग यहाँका उद्योगी–व्यवसायीसहित पर्यटन क्षेत्रका अगुवाहरुको थियो ।

तर, पछिल्लो समय नियतवश केहि उद्योगीहरुले यसलाई सुनसरीको अमडुवामा स्थान्तरण गर्नुपर्ने सुझाव मन्त्री आलेलाई दिएका थिए ।

जुन कुराको पछि लागेर मन्त्री आलेले टर्मिनल भवन ठेक्का सम्झौतामा रहेका बेला रद्द गरिदिएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top