काठमाण्डौमा जबरजस्ती करणी गरी गहना र पैसा लुट्ने एक जना पक्राउ

६ असार ७९, मंगलबार

७ असार,काठमाण्डौ । काठमाण्डौमा महिलालाई जबरजस्ती करणी गरेर पैसा र गहना लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको जेठ २९ गते राति काभ्रेको तेमाल घर भएका विश्व तामाङले एक महिलालाई भोटेबहालको एक होटलमा लगेर पेय पदार्थमा नशालु पदार्थ राखेर खुवाइ जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।

उनले महिलालाई करणी गरेपछि महिलासँँग रहेको एक लाख रुपैयाँ नगद, दुई तोला सुन र एउटा मोबाइलसमेत लिएर भागेका थिए ।

Advertisement

महिलाकै नामबाट होटल बुक गरेको, सम्पर्क ठेगाना र नम्बर पनि महिलाकै दिएको र पीडकको नाम थर र ठेगानासमेत थाहा नभएकाले प्रहरीलाई आरोपी खोज्न समस्या भएको थियो ।

तर शून्यकै अवस्थामा रहेको अनुसन्धानलाई विभिन्न विधि र प्रविधि प्रयोग गरेर आरोपी पक्रन सफल भएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका तामाङमाथि जबरजस्ती करणी र चोरी मुद्दा चलाउनका लागि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top