इन्धनको खपत घटाउन सरकारले अघि सार्यो ४ महत्वकांक्षी योजना

१२ असार ७९, आइतबार
Share this
682shares

१२ असार, काठमाडौं । सरकारले इन्धनको खपत घटाउने चार महत्वकांक्षी योजना अघि सारेको छ ।

Advertisement

सवारी सधनको इन्जिन फेरेर विद्युतीय गाडीमा रुपान्तरण गर्नेदेखि डिजेल तथा पेट्रोलमा इथानोल र सजिवन मिसाउने योजना छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पेट्रोलियम खपत कम गर्न र विकल्पमा जान सकिने सबै उपयकाबारेमा तत्काल र दीर्घकालिन कार्यहरुबारे छलफल गरेको थियो ।

Advertisement

वाणिज्य तथा आपूर्ति सचिव डा गणेश प्रसाद पाण्डेका अनुसार सवारी सधनको इन्जिन फेरेर विद्युतीय गाडीमा रुपान्तरण गर्ने, त्यसको सुरुआत सरकारी गाडीबाटै गर्ने, काठमाडौंका यात्रुबाहक सबै बसलाई बिद्युतीय बनाउने, डिजेल तथा पेट्रोलमा १० प्रतिशत इथानोल र सजिवन मिसाउने योजना समेत अघि सारिएको छ ।

‘बैठकको निर्णयलाई कार्यन्वयनमा लैजान क्याबिनेट वा अर्को निकायबाट माइन्युटिङ गराएर अघि बढ्ने सहमति भएको छ,’ आपूर्ति सचिव डापाण्डेयले भने ।

Advertisement

शनिबार नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रमा पनिअर्थमन्त्री जर्नादन शर्माले पनि सरकारको निर्णयबारे केही संकेत गरेका थिए ।

सवारी साधनलाई विद्युतीय मा रुपान्तरण गर्ने, काठमाडौंमा बिद्युतिय बस चलाउने लगायतका निर्णय सरकारले गरेको भन्दै उनले भनेका थिए, ‘काठमाडौंमा तत्काल २÷४ सय कति वटा विद्युतीय बस चलाउन सकिन्छ, तत्काल अघि बढ्ने हो’ शर्माले भने ।

नयाँ प्रविधिको प्रयोगबाट एउटा मोटर फेर्दा पेट्रोलियमबाट चल्ने गाडी बिद्युतीय हुने उनको दाबी छ ।

डिजेल तथा पेट्रोलमा १० प्रतिशत सजिवन र इथानोलमा पनि बिस्तारै मिसाइने उनले बताए ।

शनिबार नै सत्तारुढ गठबन्धनको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको थियो ।

त्यसनुसार नयाँ मूल्यसूचि पनि अइसकेको छ, तर सवारी साधनलाई विद्युतीय बनाउने तथा काठमाडौंमा बिद्युतीय बस चलाउने लगायतका निर्णय कहिलेबाट कार्यन्वयन हुन्छ भन्ने प्रष्ट भएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top