‘मासिक २० युनिटसम्म खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क बिजुली सेवा पाएको ऊर्जा मन्त्री पम्फा भुसालको दाबी

१२ असार ७९, सोमबार

१३ असार, काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीका लागि बिजुली सेवा पुग्ने बताइन।

आज सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय बिजुली सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन गरिने बताएकिछिन।

उनले भनिन्, ‘आउँदो दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन गरिनेछ । मैले मन्त्रालय सम्हालेपछि मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत् सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको छु । देशभरका झन्डै ५२ लाख ग्राहकमध्ये झन्डै २६ लाख ग्राहकले यो सुविधा पाएका छन् । सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रतियुनिट दुई रुपैयाँसम्म महसुल कायम गरिएको छ भने विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न गार्हस्थ्य वर्गको विद्युत् महसुल कम गरिएको छ । साथै खानेपानी र सिँचाइमा डिमान्ड शुल्क हटाइएको छ । खानेपानीतर्फ इनर्जी शुल्क झन्डै ५० प्रतिशतले घटाइएको छ । धेरैजासो वस्तु तथा सेवाको मूल्यवृद्धि भइरहेको अवस्थामा विद्युतको क्षेत्रमा विगत दुई वर्षमा दुई पटक गरी २० प्रतिशत विद्युत् महसुल घटाइएको छ ।’

Advertisement

मन्त्री भुसालले आउँदो आर्थिक वर्षदेखि हरेक वर्ष झन्डै सात सयदेखि एक हजार मेगावाट बिजुली नेपालको विद्युत् प्रणालीमा थपिँदै जाने बताइन ।

यसरी विद्युत् थपिँदा आउँदा दुई वर्षका सुकखायाममा समेत नेपालको बिजुलीले नै आन्तरिक माग धान्ने उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top