विराटनगरमा सिंघिया खोला बस्तीमा पस्यो

Share this
816shares

१४ असार,विराटनगर । प्रदेश १ को राजधानी विराटनगरको पूर्वी सीमा भएर बग्ने सिंघिया खोलामा गएरातिदेखि परेको अविरल वर्षापछि आएको बाढी विराटनगरका बस्तीमा पस्दा २५ घरपरिवार विस्थापित भएका छन्।

Advertisement

खोला गाउँ पसेपछि २५ घर डुबानमा परेका हुन् । बाढी विराटनगर महानगरपालिका ८ खोला किनार नजिक रहेको बस्तीमा पसेको प्रहरीले बताएको छ।

Advertisement

खोला किनारमा रहेका अन्य बस्ती पनि जोखिममा रहेको मोरङ प्रहरीले जनाएको छ ।

Advertisement

विस्थापित भएकाहरुलाई नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

यस्तै मोरङको कटहरी गाउँपालिका र विराटनगर महानगरका खोला छेउका अन्य बस्तीमा पनि बाढी पसेको छ ।

विराटनगर २ को बस्तीमा पनि खोलाको बाढी पसेको छ । खोलाको जलसतह अहिले पुल नजिकै पुगेपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बाढीको स्थलगत अवलोकन गर्नका लागि त्यस क्षेत्रमा पुगेका छन् ।

खोला किनार छे्उमा रहेका वस्तीहरु हरेक वर्षको बाढीका कारण डुबानमा पर्दै आएका छन् ।

वर्षा सुरु भएपछि रातभर जाग्राम बस्नु परेको स्थानीयले बताएका छन् ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top