Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा सिंघिया खोला बस्तीमा पस्यो

विराटनगरमा सिंघिया खोला बस्तीमा पस्यो

१४ असार,विराटनगर । प्रदेश १ को राजधानी विराटनगरको पूर्वी सीमा भएर बग्ने सिंघिया खोलामा गएरातिदेखि परेको अविरल वर्षापछि आएको बाढी विराटनगरका बस्तीमा पस्दा २५ घरपरिवार विस्थापित भएका छन्।

खोला गाउँ पसेपछि २५ घर डुबानमा परेका हुन् । बाढी विराटनगर महानगरपालिका ८ खोला किनार नजिक रहेको बस्तीमा पसेको प्रहरीले बताएको छ।

खोला किनारमा रहेका अन्य बस्ती पनि जोखिममा रहेको मोरङ प्रहरीले जनाएको छ ।

विस्थापित भएकाहरुलाई नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

यस्तै मोरङको कटहरी गाउँपालिका र विराटनगर महानगरका खोला छेउका अन्य बस्तीमा पनि बाढी पसेको छ ।

विराटनगर २ को बस्तीमा पनि खोलाको बाढी पसेको छ । खोलाको जलसतह अहिले पुल नजिकै पुगेपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बाढीको स्थलगत अवलोकन गर्नका लागि त्यस क्षेत्रमा पुगेका छन् ।

खोला किनार छे्उमा रहेका वस्तीहरु हरेक वर्षको बाढीका कारण डुबानमा पर्दै आएका छन् ।

वर्षा सुरु भएपछि रातभर जाग्राम बस्नु परेको स्थानीयले बताएका छन् ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.