१३ वर्षीया बालिकामाथि बलात्कार आरोपमा कीर्तिपुरबाट एक यूवा पक्राउ

१५ असार ७९, बिहीबार

१६ जेष्ठ, काठमाडौं ।काठमाडौंको कीर्तिपुरमा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले मकवानपुर कैलाश गाउँपालिका १० घर भई कीर्तिपुर नगरपालिका५ पाँगा लाछी बस्ने २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो। प्रजाले बालिकालाई ललाइफकाइ आफ्नै कोठामा लगेका थिए।त्यहाँ लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीले पाएको थियो।

सो खबर पाएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top