×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यौन दुरुपयोग गर्ने सर्वनाम शिक्षालयका शिक्षक रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

१६ असार २०७९

१६असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतले बाल यौन दुरुपयोगको अभियोग लागेका गोकर्णेश्वर नगरपालिका–६ शान्ति टोलको सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले बस्नेतलाई पीडित बालिकाहरुको सर्वोत्तम हित र पीडितबाट सुरक्षित हुन पाउने पीडितको अधिकार समेतलाई दृष्टिगत गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

Advertisement
Advertisement

बस्नेतविरुद्ध सर्वनाम शिक्षालयमा पढ्ने र त्यहीँको होस्टलमा बस्ने ११ वर्ष, १२ वर्ष र १४ वर्षका गरी ३ जना किशोरीले बाल यौन दुरुपयोगको मुद्दामा जाहेरी दिएका थिए । उनीहरुले बस्नेतले माया गरेजस्तो गरी अंगालो हाल्ने, संवेदनशील अंगमा छुने, मोवाइलमा अश्लिल फिल्म राखिदिने, कसैलाई भनेमा बेइज्जत गरिदिने र स्कुलबाट निकाल्ने धम्की दिएको वयानमा बताएका थिए । तर बस्नेतले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए ।

तर अदालतले पीडितहरुले घटना विवरणमा उल्लेख गरेको व्यवहार आफ्नो शिक्षकले गरेका हुन् भनी सामान्य समझबाट पनि कल्पना गर्न नसकिने प्रकृतिको भएको उल्लेख गरेको छ । ‘संरक्षक र अभिभावकको रुपमा रहेका शिक्षकबाट यस्तो व्यवहार अपेक्षित हुँदैन’ आदेशमा भनिएको छ ।

बालयौन दुरुपयोग गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२५ ९३० अनुसार ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था छ ।

सर्वनाम शिक्षालयको होस्टलमा बस्ने ती किशोरीले आफूहरुमाथि भएको यौन दुव्र्यवहारबारे अभिभावकलाई जानकारी गराएका थिए । गत जेठ २० गते अभिभावकले घटनाबारे शिक्षालयका प्रिन्सीपल दुर्गानाथ शिवाकोटीलाई जानकारी गराएक थिए ।

Advertisement

तर उनले बस्नेतमाथि कारबाही अगाडि बढाउन अस्वीकार गरेको भन्दै अभिभावकले होस्टलमा नाराबाजी गरेका थिए । उनीहरुले त्यसै दिन प्रहरी वृत्त वौद्धमा जाहेरी दिएका थिए । त्यसै आधारमा प्रहरीले जेठ २१ गते होस्टल वार्डेन बस्नेतलाई पक्राउ गरेको थियो ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top