१८ असार,काठमाण्डौ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ गरेको छ।शुक्रबार राति करिब साढे ८ बजे नेपाल एयरलाइन्सको उडानमार्फत् काठमाडौं आएका एक जना यात्रुलाई पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। ती यात्रु बैंककबाट काठमाडौं आएका थिए।राकेश तुलाधर नाम गरेका यात्रुले एउटा सुटकेश बोकेका थिए। उनले बोकेको सुटकेश विमानस्थलका भन्सार अधिकृतले चेक गरेका थिए।सुटकेश पनि खाली नै थियो।चेक गर्नेक्रममा सुटकेश उचाल्न प्रयोग हुने ह्यान्डलमा शंकास्पद धातु देखियो। सुटकेश च्यातेर हेर्दा ह्यान्डल जोडिने भित्री भागबाट सुन बरामद भएको भट्टराईले बताए।पाँच इन्च लामो र एक इन्च चौडाइ भएको सुनको बारलाई कार्वन पेपरले र्यापिङ गरी अड्काएर ल्याएका थिए। सो सुन २३७.४ ग्राम छ।शुक्रबार राति नै ती यात्रुलाई नेपाल प्रहरीको हिरासतमा राखेर भन्सार कार्यालयले विस्तृत अनुसन्धान सुरू गरेको जनाएको छ।सुनको अवैध आयातमा रोकेश तुलाधर एक्लै संलग्न थिए वा अरू व्यक्तिको पनि संलग्नता थियो भन्ने विषय भने थप अनुसन्धानबाट खुल्दै जाने भट्टराई बताउँछन्।यस अनुसन्धानका लागि भन्सार अधिकृतलाई २५ दिनको समय उपलब्ध हुनेछ।
विमानस्थलबाट सुटकेश उचाल्न प्रयोग हुने ह्यान्डलमा टासेर ल्याएको २३७.४ ग्राम सुन बरामद
१८ असार २०७९
भर्खरको समाचार
सम्बन्धित खबरहरु
२ बैशाख २०८३
