श्रममन्त्री शेरबहादुर कुँवरले युवालाई विकास निमार्णमा परिचालन गर्न पहल गर्ने

१७ असार ७९, शनिबार

१८ असार, काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गरी विकास निमार्णमा परिचालन गर्न पहल गर्ने बताएका छन् ।शनिबार अछाम टिकाथली समाज सेवाले काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले युवालाई स्वादेशमै विकास निर्माणमा परिचालन गर्ने बताएका हुन् ।देशको युवा जनशक्ति विदेश पलायन हुने क्रम नरोकिएको प्रति चिन्ता व्यक्ति गर्दै मन्त्री कुँवरले आफ्नो कार्यकालमा यसलाई न्यूनीकरण गर्न सक्दो प्रयास गर्ने बताए ।देशलाई आवश्यक पर्ने जनशक्ति देशमै परिचालन गर्न पहल गर्न सम्बन्धित पक्षले ध्यान दिनु पर्ने उनको भनाइ छ ।सुदूरपश्चिमको अछामबाट प्रतिनिधित्व गर्दै श्रममन्त्री बनेका कुँवरले आफूले सीम्हालेको जिम्मवारी पूरा गर्नका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रहसमेत गरेका छन् ।साथै सम्मान र बधाई कार्यक्रमको आयोजना गरेकोमा अछाम टिकाथली समाज सेवाप्रति मन्त्री कुँवरले आभार व्यक्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top