×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

अछामका विनोद शाहीको हत्या प्रकरणमा पञ्चदेवल नगरपालिकाकी मेयरसहित ७ जना पक्राउ

१९ असार २०७९
Advertisement

१८ असार,अछाम ।
अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का विनोद शाहीको हत्या प्रकरणमा सो नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।प्रहरीले मेयर चलाउने र नेत्र शाहीलाई शनिबार पक्राउ गरेको हो । यसअघि यो प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।गएको २१ जेठमा विनोद शाही मृत फेला परेका थिए । उनका आफन्तले मेयर चलाउनेलगायतविरुद्ध उजुरी दिएका थिए । पक्राउ परेकी मेयर चलाउने नेपाली कांग्रेस सुदूरपश्चिमकी महामन्त्रीसमेत हुन् । शाहीको शव २१ जेठमा फेला परेको थियो । नेकपा एमालेनिकट शाहीलाई नेपाली कांग्रेसका कार्यकर्ताले हत्या गरेको आरोप लगाउँदै घटनाको छानबिन नभएसम्म परिवारले शव उठाउन मानेका थिएनन् ।१७ जेठको रातिदेखि बेपत्ता रहेका विनोदको शव घरनजिकैको कुच्ची जङ्गलको खोँचमा भेटिएको थियो । २६ जेठमा १३ जनामाथि प्रहरी किटानी जाहेरी लिन प्रहरी तयार भएपछि परिवारले शव बुझेका थिए ।घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली खटिएको थियो । सीआईबीका प्रहरी नायब उपरीक्षक डीएसपी मनोहर भट्टको टोली अछाम पुगेर पनि अनुसन्धान गरेको थियो ।सीआईबीबाहेक घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेशस्थित सङ्घीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीले पनि अनुसन्धान गरेको थियो ।शाही मृत्यु प्रकरणले राजनीतिक रूप लिन थालेपछि घटना गिजोलिने भन्दै प्रहरी प्रधान कार्यालयले सीआईबीको टोली खटाएको थियो ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top