×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

खेलकुदको इतिहास बोकेका १ सय ८७ खेलाडी प्रदेश १ खेलकुद बोर्डले गर्यो सम्मान

२० असार २०७९

२० असार,विराटनगर ।

विभिन्न अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गरेका खेलाडीलाई प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले सम्मान गरेको छ । प्रदेशस्तरमा विभिन्न कालखण्डमा देशको खेलकुदको ऐतिहासिक गरिमा बोकेका खेलाडीहरुलाई सम्मान स्वरुप सम्झिएको यो नै पहिलो पटक हो । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा बोर्डले प्रदेश १ का विभिन्न स्थानबाट देशको प्रतिनिधित्व गर्दै ओलम्पिक, एसियाली खेलकुद तथा दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएका १ सय ८७ जना खेलाडीलाई सम्मान गरेको छ ।

Advertisement
Advertisement

 

सो क्रममा प्रदेशबाट विभिन्न ओलम्पिक खेलमा सहभागी ९ जना खेलाडी, एसियन खेलकुदमा सहभागी ३७ र दक्षिण एसियाली खेलकुदमा सहभागी १ सय ४१ जना गरी १ सय ८७ जना खेलाडीलाई सम्मान गरिएको हो। सम्मानित हुनेको सूचीमा नेपाली भलिबल टिमका पहिलो कप्तान विराटनगरका ऋषिराज आचार्य र पूर्व भलिबल खेलाडी दीपक सापकोटा पनि छन् । आचार्य २०३३ मा पाकिस्तानमा भएको काइदे आजम स्पोर्ट्स फेस्टिभलमा नेपाली राष्ट्रिय भलिबल टिमले भाग लिँदा पहिलो कप्तान थिए । त्यो नेपाली भलिबल टिमको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो ।

यस्तै ओलम्पियनतर्फ बक्सिङमा धरानका नरेन्द्र पुमा , एथलेटिक्समा मोरङका पुष्पराज ओझा, एथलेटिक्समा झापाकी मेनुका रावत , सुटिङमा सुनसरीका टीकाराम श्रेष्ठ, एथलेटिक्समा झापाका डम्बर कुवँर र एथलेटिक्समै इलामकी प्रमिला रिजाल सहित ९ खेलाडीलाई सम्मा गरिएको छ । खेलाडीहरुलाई सम्मान गर्दै प्रदेश १ नम्बरका मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलक्षेत्र र राष्ट्रिय गहना खेलाडीलाई सम्मान गर्न पाउनु सरकारका लागि समेत अवसर भएको बताए।

कार्यक्रममा बोर्डका सदस्य सचिव हंशराज वाग्लेले अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाएका पूराना तथा हाल खेलिरहेका खेलाडीलाई सम्मान गरिएको बताए। कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्ड, नोवेल शिक्षण अस्पताल र काठमाडौँ शिक्षण अस्पतालबीच खेलाडी स्वास्थ्य उपचार सेवाको लागि ५ वर्षीय सम्झौता समेत भएको छ। सो क्रममा उपचार प्रदायक दुवै संस्थाले प्रदेश १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीलाई निःशुल्क र खेलाडीका परिवारलाई ५० प्रतिशत उपचार खर्च छुट गर्ने गरी सम्झौता भएको हो।

Advertisement

कार्यक्रममा दुवै स्वास्थ्य प्रदायक संस्था र नेपाल ओलम्पियन एसोसिएसनबीच समेत खेलाडी निःशुल्क उपचार सेवाका लागि सम्झौता भएको छ। सम्झौतापछि केएमसीका कार्यकारी प्रमुख तथा नोबेलका संचालक डा. सुनिल शर्माले राष्ट्रिय गहनाका रूपमा परिचित खेलाडी अस्पतालले प्रदान गर्ने सेवाबाट लाभान्वित हुने बताए । उनले खेल क्षेत्रको विकासका लागि रंगशाला निमार्णमा आर्थिक सहयोग गर्न समेत आफू तयार रहेको बताए । कार्यक्रममा नेपाल ओलम्पियन एसोसिएसनका महासचिव राजेन्द्र भण्डारीले प्रदेश १ स्थित प्रदेश खेलकुद विकास बोर्डले खेलाडीका लागि सुरु गरेको कार्यको सन्देश अन्य प्रदेशमा समेत पुग्ने र यसले दबाब सृजना गर्नेमा जोड दिए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top