बाँकेमा दुई जना साढे तीन किलो अफिम सहित पक्राउ

१९ असार ७९, सोमबार

२० असार, नेपालगञ्ज । बाँकेमा ठुलो मात्रामा लागुऔषध अफिम पक्राउ परेको छ । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो ।बैजनाथ गाउँपालिका वडा नं। १ स्थित चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका वडा नं। ३ का २५ वर्षीय गोपाल रोकायले बोकेको झोलामा अफिम भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

Advertisement

‘नेपाली सेनाको चेकपोष्टमा जाँच गर्ने क्रममा रोकाय चेकप्वाइन्टबाट जंगलतर्फ भागेका थिए’, प्रमुख मल्लले भने, ‘लगत्तै जंगलमा रहेको सेना, बाँके राष्टिय निकुञ्ज र इलाका प्रहरी कार्यालय चिसापानीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।’पक्राउपछि रोकायले दिएको बयानका आधारमा प्रहरीले कोहलपुरबाट नगलगाड नगरपालिका३ कै २५ वर्षीय लेखराज बिष्टलाई पक्राउ गरेको हो । सुर्खेतबाट आउँदा दुबै जनासँगै आएको भए पनि चिसापानीमा जाँच अघि नै रोकाय भागेका थिए भने बिष्ट कोहलपुर पुगेका थिए ।उनीहरुलाई लागु औषध नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top