रूकुम पूर्वमा पहाडबाट खसेको ढुंगाले वडा कार्यालयमा दुईतिर प्वाल पार्यो

१९ असार ७९, सोमबार

२० असार,रूकुम । रूकुम पूर्वको सिस्ने गाउँपालिका ३ मा पहाडबाट खसेको एउटा अजंगको ढुंगाले वडा कार्यालयमा दुईतिर प्वाल पारिदिएको छ।


सोमबार बिहान झिमा सामुदायिक बनको पहाडबाट खसेको ढुंगाले वडा कार्यालयको गेट भत्काएर बैठक कक्षका दुइटा भित्ता पनि फोडेर बाहिर निस्किएको हो।वडाध्यक्ष हेराम खड्काले सोमबार बिहान पौने पाँच बजेतिर ढुंगा खसेको बताए।‘अकल्पनीय घटना भयो। धन्न बिहानको समय भएकाले कार्यालयमा कोही हुनुहुन्थेन,’ खड्काले भने,‘नत्र त ठूलो मानवीय क्षति हुने रहेछ। यत्रो भयंकर ढुंगा कसरी आयो भनेर हामी पनि अचम्ममा परेका छौं।’वडा कार्यालयनजिकै एकातिर विद्यालय र अर्कातिर बस्ती छ।‘धन्न ढुंगा घरतिर आएन,’ खड्काले भने।बिहानै आफ्नो कार्यालयमा ढुंगाले क्षति गरेपछि उनले प्रहरी बोलाएर मुचुल्का उठाउन लगाएका छन्।‘अब त यहाँ बस्न पनि डर लाग्ने अवस्था बन्यो। माथि जंगलमा त्यस्ता ढुंगा अरू पनि धेरै छन्,’ उनले भने।वडा कार्यालय २०७३ सालमा बनेको हो। ढुंगाले गेट, कुर्सी, टेबल र भित्ता गरी झन्डै ६ लाख बराबरको क्षति गरेको उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top