मादीको एकै परिवारका ६ जनाको हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला

२० असार ७९, मंगलबार

२१ असार, विराटनगर । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ ।एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो । १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ करिब १६ वर्ष कारावासको फैसला भएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए ।सो हत्या आरोपमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए ।नरेश बाहेकका चार जनालाई आजीवन कारावासको फैसला भएको हो । पाँचै जना मृतक तेजबहादुरका नातेदार हुन् । ‘चारजनालाई आजीवन कारावास र जनही २ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ,’ श्रेस्तेदार गौतमले भने, ‘एक जनालाई २५ वर्षको दुई तिहाइ करिब १६ वर्ष कारावासको फैसला भएको छ ।’२०७८ भदौ २१ गते मादी नगरपालिका–१ उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षको नाति विपिन र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top