आज सेयर बजारमा दोहोरो अंकले गिरावट

२० असार ७९, मंगलबार

२१ असार, काठमाडौं ।

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार बजार ४६।०८ अंकले घट्दै २०३०।५९ बिन्दुमा आएर रोकिएको छ । सोमबार भने सेयर बजार २०७६।६७ बिन्दुमा आएर रोकिएको थियो ।सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि कमि आएको छ । मंगलबार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँको कारोबार भएको छ । सोमबार भने ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको थियो ।मंगलबार कुल २२९ वटा कम्पनीको ४९ हजार ४१६ वटा कारोबारबाट ८६ लाख १३ हजार ४८९ कित्ता सेयर किनबेच भएको छ ।घट्दो बजारमा पनि सीवाईसी नेपाल लघुवित्तको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । ङ्याग्दी ग्रुप पावर, आँधीखोला लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर लगायतका कम्पनीको मूल्य बढ्यो ।घलेम्दी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, एजोड इन्स्योरेन्स लिमिटेड, सीईडीबी हाइड्रोपावर कम्पनी, शिव श्री हाइड्रोपावर सहितका कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top