Nepal Times
Nepal Times
3
Shares

परीक्षण बिना नै गर्भवतीको पित्तथैलीको शल्यक्रिया गरिएको भन्दै मधेश प्रदेश सभाले छानबिन गर्ने

परीक्षण बिना नै गर्भवतीको पित्तथैलीको शल्यक्रिया गरिएको भन्दै मधेश प्रदेश सभाले छानबिन गर्ने

२१ असार, जनकपुरधाम ।

मधेश प्रदेश सभाले परीक्षण बिना नै गर्भवतीको पित्तथैलीको शल्यक्रिया गरिएको भन्दै घटना बारे छानबिन गर्ने भएको छ ।प्रदेश सभाको बैठकमा सांसदहरुले प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सकले गम्भीर लापरबाही गरेको भन्दै कारबाहीको माग गरेपछि सभामुख सरोजकुमार यादवले छानबिन गर्न महिला, बालबालिका तथा सामाजिक न्याय समितिलाई निर्देशन दिएका छन् । सभामुख यादवले घट्नाको छानबिन गरी १२ दिनभित्र प्रतिवेदन पेश गर्न पनि भनेका छन् ।महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका २ स्थायी घर भई जनकपुरधाम उपमहानगरपालिका बस्दै आएकी विभा चौधरीको पित्तथैलीको शल्यक्रिया गर्दा चिकित्सकले लापरबाही गरेको सांसदहरुको आरोप छ ।चिकित्सकको सल्लाह बिना नै लक्की अल्ट्रासाउण्डबाट गराएको भिडियो एक्सरे रिपोर्ट बोकेर अस्पताल पुगेकी चौधरीको शल्यक्रिया गरेपछि स्वास्थ्यमा समस्या देखिएको थियो । चौधरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।१२ असारमा अस्पताल भर्ना भएकी उनको १३ असारमा चिकित्सक डा। अमरेश कर्ण, डा। राजेश साह र आश्विनी यादवले शल्यक्रिया गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.