पर्यटनमन्त्री ले गरे पशुपतिको गुरुयोजनामा सरोकारवालाको भावना समेट्ने प्रतिबद्धता

२२ असार ७९, बिहीबार

२३ असार,काठमाण्डौ ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रको पूर्वाधार विकास तथा भौतिक संरचना निर्माणको लागि बनाइने गुरुयोजनामा सरोकारवाला सवैको अपनत्व हुनुपर्ने बताएका छन् । पशुपति क्षेत्रको निरीक्षण तथा अनुगमनका साथै पशुपति क्षेत्र विकास कोषको ब्रिफिङ लिन बिहीबार पशुपति क्षेत्र पुगेका मन्त्री श्रेष्ठले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना निर्माण अन्तिम चरणमा रहेकोले सम्बद्ध सरोकारवालाको भावना समेटिने बताए ।नेपालको सभ्यता र पहिचान बोकेको संस्कृति तथा मूर्त अमूर्त सम्पदा संरक्षणका लागि गुरुयोजना आवश्यक रहेको मन्त्री श्रेष्ठले बताए । धार्मिक र आध्यात्मिक तीर्थस्थलको रुपमा रहेको पशुपति क्षेत्र विकास कोषमा अनियमितताको सन्देश जानु दुःखद पक्ष रहेको मन्त्री श्रेष्ठको भनाइ छ । कोषका कर्मचारीहरूलाई सेवा भावले काम गर्न उनले निर्देशन दिए ।पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्का अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू हटाउनुपर्ने बताए । मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनमा पनि ध्यान दिन कोषका पदाधिकारीहरूलाई उनले निर्देशन दिए । पाशुपत क्षेत्रको विकासले धार्मिक पर्यटन विकाससँगै राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ ।कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपतिनाथ मन्दिर क्षेत्रमा पुनर्निर्माणको अवस्था तथा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत संचालित कार्यक्रमबारे जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top