नेपालीसँग विहे गर्ने विदेशीलाई कृत्रिम नागरिकता दिन प्रेम सुवालको प्रस्ताव

२३ असार ७९, शुक्रबार

असार २४, काठमाण्डौँ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरुलाई कृत्रिम नागरिकता दिनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गर्ने विदेशी महिला अथवा पुरुषलाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने बताए उनले कृत्रिम नागरिकता लिनका लागि पनि नेपालको संस्कृति बारेमा लिखित परीक्षा उत्तिर्ण हुनुपर्ने व्यवस्था गर्नुपर्ने उनले बताए । उनले नेपालको नागरिकतासम्बन्धी समस्या समाधान गर्न खुला सीमालाई बन्द गर्नुपर्ने बताए ।सांसद सुवालले नेपालको भूराजनीतिक अवस्था अनुसार नेपालीले विदेशीसँग विवाह गर्नु नहुने बताए । उनले संघ र प्रदेश दुवै तहको नागरिकता बनाउनुपर्ने उल्लेख गर्दै महिला र पुरुषबाहेकका लिङ्गको नागरिकता दिनका लागि चिकित्सा विज्ञानले प्रमाणित गर्नुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top