लुम्बिनी प्रदेशका वनमन्त्री स्वयम सर्पको उद्धार गर्न खटिए

२५ असार,बर्दिया ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर २ मा आज वृक्षरोपण कार्यक्रम थियो । वृक्षरोपणमा सहभागी हुन लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षमन्त्री सुरेन्द्र हमाल पनि पुगेका थिए ।उक्त कार्यक्रममा जिल्ला वन अधिकृतसहित वनका कर्मचारी र स्थानीय बासिन्दाहरू सहभागी थिए । एक्कासि जिल्ला वन अधिकृतको मोबाइलको घण्टी बज्यो । वडा नम्बर २ का स्थानीय खडकबहादुर खत्रीको फोन थियो ।वन अधिकृतले हेलो भन्न नपाउँदै खत्रीले उताबाट भने, ’लौ न हजुर । मेरो घरमा गोमन सर्प भेटियो । बचाइदिनुप¥यो ।’फोनमा भएको कुराकानी नजिकै रहेका वनमन्त्री हमालले सुनिहाले । हत्न न पत्त उनी पनि सर्पको उद्धार गर्न भन्दै दौडिए ।सर्प घरआँगनमा देखिने बित्तिकै मानिसहरू उसलाई मार्न तम्सन्छन् । तर खत्रीले वन अधिकृतलाई फोन गरेर रेस्क्यु गर्ने टोली मगाएका हुन् । वनका कर्मचारीको टोलीसँगै पुगेका वनमन्त्री हमाल आफैँ पनि उद्धारमा खटिए ।मन्त्री हमालका अनुसार खत्रीको घरमा भेटिएको उक्त सर्पलाई नजिकैको जंगलमा छोडिएको छ । उनले सर्पलाई असुरक्षित महसुस हुने गरी क्रियाकलाप नगरे उसले आक्रमण नगर्ने भएकाले देखेमा मारिहाल्नुपर्छ भन्ने मानसिकता त्याग्न आग्रह गरे ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top