Nepal Times
Nepal Times
72
Shares

लुम्बिनी प्रदेशका वनमन्त्री स्वयम सर्पको उद्धार गर्न खटिए

लुम्बिनी प्रदेशका वनमन्त्री स्वयम सर्पको उद्धार गर्न खटिए

२५ असार,बर्दिया ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर २ मा आज वृक्षरोपण कार्यक्रम थियो । वृक्षरोपणमा सहभागी हुन लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षमन्त्री सुरेन्द्र हमाल पनि पुगेका थिए ।उक्त कार्यक्रममा जिल्ला वन अधिकृतसहित वनका कर्मचारी र स्थानीय बासिन्दाहरू सहभागी थिए । एक्कासि जिल्ला वन अधिकृतको मोबाइलको घण्टी बज्यो । वडा नम्बर २ का स्थानीय खडकबहादुर खत्रीको फोन थियो ।वन अधिकृतले हेलो भन्न नपाउँदै खत्रीले उताबाट भने, ’लौ न हजुर । मेरो घरमा गोमन सर्प भेटियो । बचाइदिनुप¥यो ।’फोनमा भएको कुराकानी नजिकै रहेका वनमन्त्री हमालले सुनिहाले । हत्न न पत्त उनी पनि सर्पको उद्धार गर्न भन्दै दौडिए ।सर्प घरआँगनमा देखिने बित्तिकै मानिसहरू उसलाई मार्न तम्सन्छन् । तर खत्रीले वन अधिकृतलाई फोन गरेर रेस्क्यु गर्ने टोली मगाएका हुन् । वनका कर्मचारीको टोलीसँगै पुगेका वनमन्त्री हमाल आफैँ पनि उद्धारमा खटिए ।मन्त्री हमालका अनुसार खत्रीको घरमा भेटिएको उक्त सर्पलाई नजिकैको जंगलमा छोडिएको छ । उनले सर्पलाई असुरक्षित महसुस हुने गरी क्रियाकलाप नगरे उसले आक्रमण नगर्ने भएकाले देखेमा मारिहाल्नुपर्छ भन्ने मानसिकता त्याग्न आग्रह गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.