पाँचथरमा कुटपिट गरी श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२४ असार ७९, शनिबार

२५ असार,पाचँथर ।

Advertisement

पाँचथरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।फिदिम नगरपालिका १४ बुर्दुम बस्ने ३५ वर्षीया निला राईमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार राति उनका श्रीमान ४० वर्षीय राजकुमार राईलाई पक्राउ गरेको हो।राजकुमारले घरायसी वादविवादको क्रममा असार १७ गते श्रीमतीमाथि कुटपिट गरेका थिए।कुटपिट गर्दा श्रीमती निला गम्भीर घाइते भएकी थिइन्। उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो।त्यहाँ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।उनको मृत्यु भएपछि अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top