कमल थापाले गरे काठमाडौंमा आयोजित सनातन धर्म सम्मेलनको उद्घाटन

२६ असार ७९, आइतबार
Share this
698shares

२६ असार, काठमाडौं ।

Advertisement

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा आइतबार काठमाडौंको पशुपति क्षेत्रमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन सुरु भएको छ ।उक्त सम्मेलनको राप्रपा नेपालका अध्यक्ष कमल थापाले उद्घाटन गरे । थापाले नेपालको गुमेको हिन्दुराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरे । धर्मपरिबर्तनको डढेलो लाई रोक्न सबै जागरुक हुनुपर्ने थापाले बताए ।कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाजगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताको बारेमा प्रकाश पारे भने १००८ स्वामी अमृतानन्द गिरीले नेपाल वैदिक सनातनीहरुको मुख्य स्थल भएको चर्चा गर्दै सबै जागरुक हुनुपर्ने बताए ।कार्यक्रममा प्रतिनिधिमूलक रुपमा करिब ६० जिल्लाका धार्मिक अगुवाहरु सहभागी छन् । कार्यक्रमको बन्द सत्रमा जगमान गुरुङ, प्रा। डा। सोमप्रसाद खतिवडा, सञ्चारकर्मी बिनु पोखरेल, मोहन लामाले कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाका अध्यक्ष सुजन अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top