संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपनर्मो शेखर कोइरालाले दिए जोड

२७ असार ७९, सोमबार
Share this
656shares

२७ असार,विराटनगर ।
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको बैठकमा सहभागी हुन सानेपास्थित केन्द्रीय कार्यालय पुगेका कोइरालाले यही प्रकृतिको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश केपी शर्मा ओलीले ल्याउँदा आफूहरुले विरोध गरेको स्मरण गर्दै अहिले आएको विधेयक पनि फिर्ता हुनुपर्नेमा जोड दिए ।उनले नागरिकतामा पनि राजनीति गर्न नहुने बताउँदै राष्ट्रिय सहमति गरेर नागरिकताको विषय टुंग्याउनुपर्ने जिकिर गरे । पार्टी केन्द्रीय कमिटी बैठक आज बस्न लागेको हो । बैठकअघि शेखर पक्षका कार्यकर्ताहरूले पार्टी कार्यालय अघि विरोध प्रदर्शनसमेत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top