Nepal Times
Nepal Times
144
Shares

विराटनगर विमानस्थलभित्रका होटेल, रेस्टुरेन्टविरुद्ध चर्को मूल्य असुलेको भन्दै उजुरी

विराटनगर विमानस्थलभित्रका होटेल, रेस्टुरेन्टविरुद्ध चर्को मूल्य असुलेको भन्दै उजुरी

३० असार, विराटनगर । विराटनगर विमानस्थल क्षेत्र भित्रका होटेल रेस्टुरेन्ट्, चमेना गृह्, पसल आदिले बजार मूल्यभन्दा अत्याधिक मुल्यमा उपभोक्तालाई खाद्य सामाग्रीहरु बिक्री बितरण गरेको जन गुनासो बढेपछि कारबाहीका लागि पब्लिक फोरमले उजुरी दिएको छ ।

फोरमले बिहिबार बाणिज्य आपुर्ती तथा उपभोक्ता सम्रक्षण कार्यालयमा ती होटल, रेस्टुरेन्ट तथा पसलहरुविरुद्ध कार्वाहीको माग गर्दै उजुरी दिएको हो ।

फोरमले उक्त स्थानको स्थलगत अनुगमन गरी सत्यतथ्य पत्ता लगाई कुनै कैफियत देखिए प्रचलित ऐन तथा उपभोक्ता संरक्षण ऐन २०७५ र यसको नियमावली २०७६ अनुसार कारवाही गर्न जिल्ला प्रसाशन कार्यालयमार्फत बाणिज्य आपुर्ती तथा उपभोक्ता सम्रक्षण कार्यालय समक्ष सिफारिस गरेको छ ।

 

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.