उपसभामुख निर्वाचनको रिपोर्टिङ गर्न गएका पत्रकारलाई बैठक कक्ष प्रवेशमा रोक

३१ असार ७९, शुक्रबार
Share this
718shares

३१ असार,काठमाण्डौ ।

Advertisement

उपसभामुख निर्वाचनको रिपोर्टिङका लागि नयाँ बानेश्वरस्थित संसद भवन पुगेका पत्रकारलाई बैठक कक्षमा प्रवेशमा रोक लगाइएको छ।प्रतिनिधि सभाका मर्यादापालकले ुमाथिको आदेशु भन्दै ग्यालरी बैठकमा पत्रकारलाई जान रोकेका हुन्।संसद रिपोर्टिङ गर्ने पत्रकारहरुलाई संसद सचिवालयले छुट्टै पास जारी गरेर बैठक कक्षमा प्रवेश दिने गरेको थियो। प्रतिनिधि सभाको बैठक कक्षको माथिल्लो तल्लामा पत्रकारहरुलाई बस्ने सिटको व्यवस्थापन सचिवालयले गर्ने गरेको छ। तर उपसभामुखको निर्वाचनको रिपोर्टिङ गर्न गएका पत्रकारहरुलाई गेटबाटै रोकिएको हो। हामी रिपोर्टिङ गर्नकै लागि संसद भवन आएका हौँ , कान्तिपुरका पत्रकार मकर श्रेष्ठले भने, तर माथिको आदेश भन्दै मर्यादापालकले हामीलाई भित्र छिर्न रोके।संसद सचिवालयले प्रतिनिधि सभाको बैठकको रिपोर्टिङमा जाने पत्रकारलाई तीन स्थानमा नाम टिपाएर मात्र बैठक कक्षमा प्रवेश गर्न दिने गरेको थियो। संसद भवनको गेट, प्रतिनिधि सभाको प्रवेश द्वार र बैठक कक्ष छिर्ने ढोकामा गरि तीन ठाउँमा नाम लेखाएर प्रवेश गर्न दिने गरेको थियो।तर उपसभामुखको निर्वाचनको रिपोर्टिङमा पुगेका पत्रकारलाई रोकिएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top