काठमाडौंको साँखुमा खोला किनारमा सडिसकेको एक शव फेला

०२ साउन ,काडमाण्डौ ।
काठमाडौंको साँखुमा एक जनाको शव फेला परेको छ।सोमबार दिउँसो शंखरापुर नगरपालिका ३ साँखुस्थित खोला किनारमा शव सडिसकेको अवस्थामा फेला परेको जिल्‍ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।‘खोलाले बगाएर पनि ल्याएको हुनसक्छ। अहिले यसै भन्न सकिने अवस्था छैन,’ प्रहरी उपरीक्षक मैनालीले भने।घटनास्थलमा प्रहरी वृत्त बौद्ध र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top