Nepal Times
Nepal Times
99
Shares

बाँदर धपाउदा लडेर घाइते भएका टंकको उपचारका क्रममा मृत्यू

बाँदर धपाउदा लडेर घाइते भएका टंकको उपचारका क्रममा मृत्यू

२ साउन,अर्घाखाँची ।
मकैबारीमा आएको बाँदर धपाउने क्रममा लडेर गम्भीर घाइते भएका अर्घाखाँचीका एक व्यक्तिको मृत्यु भएको छ। गत असार १९ गते मकैबारीमा आएको बाँदर धपाउन गएका छत्रदेव गाउँपालिका वडा नं ४ का ३९ वर्षीय टंक खनाल लडेर गम्भीर घाइते भएका थिए। लडेर गम्भीर घाइते भएका खनालको आइतबार राति लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको वडा नं ४ का वडा अध्यक्ष भीमलाल खनालले जानकारी दिए।वडा अध्यक्ष खनालका अनुसार मकैबारीको ढिकबाट लडेर खनालको टाउकोमा गम्भीर चोट लागेको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.